बागलुङकी आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान



बागलुङकी आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान

बागलुङ २७ असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलवार आयोजित २२ औं साधारणसभाको अवसरमा नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो । हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएप्िछ प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिए ।

बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक पदमा कार्यरत छिन् । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित भएका थिए ।

रिलायलव साकोसको २२ औं साधारणसभामा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक केबी उप्रेतीले संस्थाले वित्तीय तथा अन्य क्षेत्रमा राम्रो सुधार गर्दै गएको र सञ्चार लगायत अन्य क्षेत्रमा समेत काम गरेर पहिचान बढाएको बताए । संस्थाका अध्यक्ष ओमदेवी मल्लाले कोभिड १९ को महामारीका बीचमा पनि संस्थाले शेयर सदस्यहरुलई नियमित सेवा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे