शैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको अनुरोध



शैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको अनुरोध

काठमाण्डाै १३ जेठ । त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ । शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरुलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरुलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

त्रिभुवन विश्‍वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने जनाएको छ । निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभइ कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरुलाई त्रि.वि.को आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे