काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो



काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

काठमाण्डाै ११ जेठ । काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो ।

मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो । त्यसपछि पनि फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो ।

गृह मन्त्रालयले निषेधाज्ञाको पालना गराउन र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ । गृह मन्त्रालयको विवरणअनुसार ७५ जिल्लामा पूर्ण तथा आशिंक निषेधाज्ञा लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे