LISTEN LIVE RADIO

दाङकाे घोराहीका ६७ जना किसानलाई कृषि यन्त्रहरु हस्तान्तरण



दाङकाे घोराहीका ६७ जना किसानलाई कृषि यन्त्रहरु हस्तान्तरण

घोराही  २० जेठ । दाङकाे घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई विभिन्न कृषि यन्त्रहरु हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ती ६७ जना किसानहरुलाई विभिन्न कृषि यन्त्रहरु हस्तान्तरण गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषि विकास शाखा प्रमुख चोपनाराण खनालले किसानहरुलाई बिहिबार ती उपकरणहरु हस्तान्तरण गरे । जसमा १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, २ जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसीन हस्तान्तरण गरिएको हो ।

उक्त उपकरण खरीदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताए । उपकरणहरु व्यवसायिक रुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगत रुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरु रहेका छन् ।

उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले यन्त्र उपकरणको सही सदुपयोग गर्दै पेशामा व्यवसायीकरण हुने बताए । कृषि पेशालाई व्यवसायीककरण गर्दै परम्परागत शैलीको खेतीलाई आधुनिक बनाउने स्थानिय सरकारले उदेश्य रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे