LISTEN LIVE RADIO

भारतको बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गयो



भारतको बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गयो

भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ ।

छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज लगाइएको छ । यो घटनापछि सरकारले छपरा जिल्लाका प्रभारी रीतेश मिश्र र कन्स्टेबल विकेश तिवारीलाई सेवाबाट हटाएको छ ।

लुकाएर रक्सी बेचेको शङ्कामा प्रहरीले बिहारका पसलमा छापा मार्न सुरु गरेको छ भने रक्सी बनाउने सम्भावित ठाउँका व्यक्तिलाई पक्राउ पनि गरेको छ । बिहारमा सन् २०१६ मा नीतीश कुमार सरकारले रक्सीकाे बिक्री र सेवनमा प्रतिबन्ध लगाएकाे थियाे । त्यसयता अवैध र विषालु रक्सी खाँदा बर्सेनि यस्ता घटना हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे