LISTEN LIVE RADIO

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको आग्रह



हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको आग्रह

काठमाडाैँ २६ मंसिर । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आग्रह गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने चीनको भनाइ छ ।

हङकङमा मानव अधिकारको स्थिति र विधिको  शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको जनाएको छ ।

हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न पनि कार्यालयले पुन : सचेत गराएको छ । निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संरक्षणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको चीनको  टिप्पणी छ ।

यस्तै, चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी  दिएको छ । हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा पक्राउ परेको विषयमा अमेरिकाले टिका टिप्पणी गर्न थाले पछि चीनको यो चेतावनी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे