LISTEN LIVE RADIO

सामूहिक राजीनामा दिने पूर्वमाओवादी तर्फका ५ मन्त्रीको तयारी



सामूहिक राजीनामा दिने पूर्वमाओवादी तर्फका ५ मन्त्रीको तयारी

काठमाडौं ५ पुस, । संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

‘संसद विघटन गर्ने भएपछि मन्त्रिपरिषदमा के बस्ने भनेर हामीले नै भनेका हौं’ एक मन्त्रीले भने, ‘स्थायी कमिटी बैठक बस्दैछ । त्यसपछि एउटा  निर्णयमा पुग्छौं ।’ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे