LISTEN LIVE RADIO

प्रधानमन्त्रीकाे आह्वानमा अहिले ११ बजे सर्वदलीय बैठक बस्दै : राजावादीका गतिविधिबारे पनि छलफल हुने



प्रधानमन्त्रीकाे आह्वानमा अहिले ११ बजे सर्वदलीय बैठक बस्दै : राजावादीका गतिविधिबारे पनि छलफल हुने

काठमाडाैँ २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । यसअघि गत वैशाखमा भारतले नेपाली भूमि मिचेर सडक बनाए पछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । त्यस यता सर्वदलीय बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे