LISTEN LIVE RADIO

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात



यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात

काठमाण्डाै १ कार्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायाे । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जाेडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा साेमपाल कामी र अविनाश बाेहराले १/१ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएकाे हाे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेकाे हो । नेपालले दाेस्राे खेल भाेलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङ सँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे