शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने, भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने



शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने, भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने

काठमाण्डाै २ असाेज । शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । ‘हामी वार्तामा बस्दै नबस्ने भन्ने होइन, तर आज शिक्षा मन्त्रालयसँग मात्रै छलफल गर्दैनौँ । सरकार प्रमुखसहित सरोकारवाला सबै निकायसँग वार्ता हुने भए मात्र सहभागी हुन्छौँ’,महासङ्घकी अध्यक्ष कमला तुलाधरले भन्नुभयो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोली काठमाण्डौमा मार्च पास गर्दैछ ।

भोलि माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनमा देशका ७७ जिल्लाका शिक्षक सहभागी हुनेछन् । प्रदर्शनमा सहभागी हुन शिक्षकहरु काठमाण्डौ आउँदैछन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे