प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण स्वीकृत



प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण स्वीकृत

काठमाण्डाै २९ भदाै । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमण स्वीकृत गरेकाे छ । शुक्रवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेर असाेज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीकाे रूपमा प्रचण्डकाे याे तेस्राे चीन भ्रमण हाे । प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्ने छन् । प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे