LISTEN LIVE RADIO

एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते हुने



एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाण्डाै १५ साउन । एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।

‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ ।

२०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या १ लाख १ हजार ४३ छ । यस्तै ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे