LISTEN LIVE RADIO

दुई वर्षपछि भौतिक उपस्थितिमै आजदेखि एसईई परिक्षा शुरु, ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी हुँदै



दुई वर्षपछि भौतिक उपस्थितिमै आजदेखि एसईई परिक्षा शुरु, ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी हुँदै

काठमाण्डाै ८ बैशाख । कोरोना भाइरस सङ्क्रमणका दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवारदेखि सुरु हुँदैछ । यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिँदैछन् । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् । परीक्षा अहिले ८ बजेदेखि सुरु हुँदैछ ।

एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । पाँच लाख १४ हजार नाै सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । यसपालि एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुँदैछन् । साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे