LISTEN LIVE RADIO

भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी गराउने



भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी गराउने

काठमाडौं २२ भदौ । सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ  प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ ।

उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिन लागेका हुन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सचेतक पुष्पा भुसालले सरकारे कुटनीतिक नोटबारे संसदलाई जानकारी गराउने बताइन् । सरकारले दार्चुला घटनाबारे अध्ययन गर्न गठित समितिले तुइन दुर्घटना एसएसबीको उपस्थितिमा भएको प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनको आधारमा सोमबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो । नेपाली कांग्रेसले बुधबारको अधिवेशनमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे