LISTEN LIVE RADIO

कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव एकता प्रक्रिया बिरोधी कार्य हाे : सांसद चौधरी



कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव एकता प्रक्रिया बिरोधी कार्य हाे : सांसद चौधरी

देउखुरी टुडेकर्मी, भालुवाङ २६ असोज ।

प्रतिनिधि सभाका सदस्य तथा नकपाका नेता मेटमणि चौधरीले कर्णाली प्रदेशमा मुख्य मन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव गरिनुलाई कुनै पनि तर्कले उचित मान्न नसकिने बताएका छन् । सांसद चौधरीले पार्टी एकीकरण पश्चात पनि पूर्वको नाममा दजेखिने यस्ता तछाडमछाडले पार्टी संगठनभित्र जटिलता निम्त्याउने बताएका छन् । चौधरीले सामाजिक सञ्जाल फेसबुकका आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।


उनले लेखेका छन्, ‘ एकता प्रक्रियाको धेरै कामहरू मिलाउन बाँकी नै छ । संगठित सदस्यहरूकै नाम फाइनल भएको छैन । धेरै जनवर्गीय संस्थामा एकता भएको छैन । उक्त दिसामा पो पार्टी अगाडि जानुपर्ने हो, तर अहिले पनि पूर्वको नाममा तछाडमछाड गर्ने कुरा, खिसिट्युरो गर्ने, पूर्वहरूका बिचमा गुट बनाउने कुरा र सबै ठाँउमा भागबण्डाका कुराहरू गरिरहने विषय पार्टी एकता प्रक्रिया बिरोधी हो ।’
सामाजिक सञ्जालमा लेखिएको सांसद चौधरीको अभिव्यक्ति
कर्णाली प्रदेशमा मुख्यमन्त्रीको बिरूद्धमा नेकपाकै सांसदहरूले नै अबिश्वासको प्रस्ताव दर्ता गर्नु लाखौ तर्क गरे पनि राम्रो मान्न सकिन्न । हो, गुनासा ,अप्ठ्यारो हुनसक्छ, लोकतान्त्रिक राज्यव्यवस्थामा अविश्वासको प्रस्ताव सामान्य विषयको रूपमा अर्थाउन नि सकिन्छ तर हामी के पनि बिर्सिनु हुँदैन भने — हामी विगत ३ वर्षदेखि एकीकृत, बलियो र एउट मात्रै कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुटेका छाँै । संवेदनशील घडिमा छौ ।

कसैको पनि भावनामा ठेस नलाग्ने गरी हाम्रो अभिव्यक्ति र कार्यहरू हुनु पर्ने समयमा अविश्वासकै प्रस्ताव ल्याउने कार्यलाई बाञ्छनीय मान्न सकिन्न । पार्टी अहिले पनि ठोस आकार लिन सकेको छैन । एकता प्रक्रियाको धेरै कामहरू मिलाउन बाँकी नै छ । संगठित सदस्यहरूकै नाम फाइनल भएको छैन । धेरै जनवर्गीय संस्थामा एकता भएको छैन । उक्त दिसामा पो पार्टी अगाडि जानुपर्ने हो, तर अहिले पनि पूर्वको नाममा तछाडमछाड गर्ने कुरा, खिसिट्युरो गर्ने, पूर्वहरूका बिचमा गुट बनाउने कुरा र सबै ठाँउमा भागबण्डाका कुराहरू गरिरहने विषय पार्टी एकता प्रक्रिया बिरोधी हो ।

यसैले यो कामभन्दा अगाडि बढेर एकआपसमा पुरै घोलित भएर नयाँ सोचाईको साथ एकआपसमा हातेमेलो गर्दै सुन्दर भविष्यको कल्पना गर्दै पार्टी एकतालाई ठोस र बलियो बनाउँदै अगाडि बढौँ ।

जहाँसम्म कर्णाली प्रदेशको कुरा छ — एक आपसमा मन माझामाझ गरेर , आलोचना आत्मालोचनाको माध्यमबाट विवाद हुनुभन्दा अगाडिकै ठाँउमा पुग्नु पर्दछ । मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही र प्रमुख सचेतकमा गुलाबजङ शाह नै रहने ।

यदि संबैधानिक रूपमा मिल्दैन भने पहिलेकै मनोबिज्ञान वरिपरि रहेर मुख्यमन्त्री र प्रमुख सचेतकको चयन गर्नु पर्दछ । संक्रमणकलीन समयमा सबैको मनोविज्ञानको संबोधन हुन सक्दैन । यसैले सबैमा धैर्यको खाँचो देखिन्छ । यो कुरामा हामी सबैले ध्यान दिनु पर्ने देखिन्छ । अन्यथा काल पल्केको महसुस हामी सबैले गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे