LISTEN LIVE RADIO

पार्टीको विधान विपरित बहुमतको नाममा पार्टीलाई कमजोर पार्ने काम भयोः शर्मा



पार्टीको विधान विपरित बहुमतको नाममा पार्टीलाई कमजोर पार्ने काम भयोः शर्मा
लमही १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले पार्टीको विधान विपरीत पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले गुटगत गतिविधि गरेपछि पार्टी एकता संकटमा परेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगर संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी भित्र कृतिम अन्तरविरोध सृजना गरेर पार्टी एकतालाई भाँड्ने काम भएको बताए ।
‘पार्टीको विधानमा सहमतिबाट अघि बढ्ने उल्लेख छ । तर, केही नेताहरुले बहुमतको नाममा पार्टिलाइ कमजोर बनाउने काम गरे । पार्टी भित्र कृतिमा अन्तरबिरोध सृजना गरियो’उनले भने–‘पार्टी अध्यक्ष केपी ओली रहेको पार्टीनै मुल पार्टी हो ।’ संगठन विस्तार र पार्टीको गतिविधिलाई तिब्रता दिने अभियानमा जुट्न अपिल गरे।
लमही नगर कमिटीका संयोजक दण्डिराम चौधरीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकलाई प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, धुपनारायण चौधरी, वेदनिधि धिताल, जिल्ला सदस्य शुसिला शर्मा, सीता यादव, शिवराज गिरी लगायतले सम्वोधन गरेका थिए । नेकपा लमही नगर कमिटिका सदस्य विरबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको बैठकको सहजीकरण नगर सचिव भानु जोशीले गरेका थिए । दण्डिराम चौधरीको संयोजकत्वमा १५१ सदस्यीय लमही नगर कमिटी विस्तार गरिएको छ । फागुन २१ गते सहिद दिवसका साथै सपथग्रहण कार्यक्रम राख्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे