LISTEN LIVE RADIO

दाङमा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिको मृत्युपछि आफन्तहरु आक्रोसित



दाङमा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिको मृत्युपछि आफन्तहरु आक्रोसित

दाङ ११ फागुन । प्रहरीको हिरासतमा रहेका एक व्यक्तिको मृत्युपछि आफन्तहरु आक्रोसित छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका ति व्यक्तीको आइतबार विहान मृत्यु भएपछि घटना रहस्यमय भएको आफन्तहरुको बुझाई छ । सोमबारसम्म पनि राप्ती प्रादेशिक अस्पतालकै शवगृहमा शव राखिएको छ ।

आफन्तहरुले पोष्टमार्टम पनि गर्न दिएका छैनन् । २०५९ सालदेखि दाङको तुलसीपुर बजारमा कोठा भाडा लिएर बस्दै आएका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको आइतबार विहान ९ बजेतिर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।

तर, परिवारहरु भने त्यो स्वीकार गर्न तयार छैनन् । घटना रहस्यमय भएको परिवारको जिकिर छ । मृतकको फोटो खिच्न पाउनुपर्ने परिवारको माग छ । धेरै अनुरोधपछि मृतकका परिवारले शव हेर्न पाएपनि फोटो खिच्न नपाएको उनीहरुको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे