रेडियो बंगलाचुलीले दोस्रो स्थापना दिवस मनायो : २६ जनाले गरे रक्तदान



कमिरेचौर २८ जेठ । राज्यले संचारमा लगानी गर्नु लोकतान्त्रीक समाजमा महत्वपूर्ण उपलब्धी रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले निजी क्षेत्रबाट संचालित मिडियाले पत्रकार आचार संहितालाई भुलेर जनतामा जतिवेला पनि भ्रमपैदा गर्न सक्ने अवस्था रहेको भन्दै राज्यले मिडियामा लगानि गर्नु र मिडिया संचालन गर्नु एउटा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । उनीहरुले जनताको सूचनाको हकलाई राज्यलेनै पूर्तिगर्नु परिवर्तित युगको एतिहाँसिक उपलब्धी रहेको बताएका छन।

दाङको बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो बंगलाचुली ९१.७ मेघाहर्जको दोस्रो स्थापना दिवसको अवसरमा आज साेमबार कमिरेचौरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यले संचालन गरेको मिडिया राज्यनियन्त्रित भने हुन नहुने बताएका छन् । रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यता तथा बांगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमख प्रशासकीय अधिकृत चन्द्रकानत पौडेल र नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा स्थापना दिवस समारोह कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले स्थानिय सरकारले जनताको सूचना प्राप्त गर्ने अधिकारलाई स्थापित गर्न बंगलाचुली गाउँपालिकाले आफ्नै माहतमा रेडियो संचालन गरेको बताए । उनले मानविय विकासको आधार तयार पार्ने माध्यम भनेको संचार क्षेत्र रहेको बताउँदै हरेक नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिने राज्यको जिम्मेवारी रहेको बताए । गाउँपालिका अध्यक्ष पुनले संचार विनाको समाजको कल्पना गर्न नसिकने बताउँदै रेडियो बंगलाचुलीलाई जनताकै साथीको रुपमा स्थापित गरिने बताए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले रेडियो संचारको महत्वपूर्ण अंङ्गरहेको बताउँदै जनपक्षिय सूचना प्रवाह गर्नका लागि रेडियोले कुनै कसर बाँकी राख्न नहुने बताए । उनले रेडियो बंगलाचुली राज्यनियन्त्रित संस्था नभएको बताउँदै सधैभरि सत्य र तथ्यमा रहेर संचार प्रवाह गर्न कहिले पनि अबोध नहुने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले देशको संविधानले दिएको अधिकारमा टेकेर रेडियो बंगलाचुली स्थापना गरिएको बताए । उनले राज्यद्वारा संचालित संचार संस्थाहरु जहिलेपनि जनताको अधिकारको पक्षमा आवाज उठाउने कामगरेको बताए । राज्यका संचार संस्थाहरुले कहिले पनि कानुन विपरित सूचना प्रवाह नगरेको स्मरण गराउँदै रेडियो बंगलाचुली पनि त्यसकै नमुना रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले बंगलाचुली गाउँपालिका मिडियामैत्री र संचारमैत्री गाउँपालिकाकोरुपमा महासंघले चिनेको बताए। उनले बंगलाचुली गाउँपालिकाले आफ्नो स्वामित्वमा रेडियो संचालन गर्नुनै यसको गतिलो उदाहरण रहेको बताए । उनले जनतालाई सूचनाको पहुँचमा ल्याउन स्थानीय सरकारले गरेको काम निकै प्रसंसनिय रहेको बताए । साथै उनले यसको दिर्घकालिनका लागि हरेक तहबाट साथ र सहयोग हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममाप्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेम हादुर राम्जा, बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती, ७ का अध्यक्ष गिर बहादुर थापा, कार्यपालिका सदस्य सविराम कामी,  प्रेस सेन्टर नेपाल दाङका कार्यालय सदस्य गिरीराज नेपाली, नेपाल प्रेस युनियनका जिल्ला सदस्य हिमाल महरा लगायत रेडियो बंगलाचुलीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मधुसुदन गिरीले गरेका थिए । यसै बीच रेडियो बंगलाचुलीले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २६ जनाले रक्त दान गरेका थिए ।

रक्तदान कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेम बहादुर राम्जा, बंगलाचुली अस्पतालका मेडिलकल अधिकृत डाक्टर प्रकाश वली, डाक्टर पशुपती पोख्रेल, सिटिजन बैँङ्क बंगलाचुली शाखाका नारायण विष्ट, इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरीजवान जनक बोहरा, धिर सिंह सुतार, दिपक श्रेष्ठ, बंगलाचुली अस्पतालमा कार्यरत लोक बहादुर बिश्वकर्मा, रेणु जिसि, सारदा चन्द, हरि प्रसाद घर्ति, सुवास चन्द सेर्पाइली, बंगलाचुली गाउँपालिकाका आलेप शाखा प्रमुख महेन्द्र शर्मा, अमिन अनिता बुढा मगर, पशुप्राविधिक माधव भट्टराई, हेमन्त केसी, हरि प्रसाद घिमिरे, रेडियो बंगलाचुलीमा कार्यरत सिर्जना विश्वकर्मा, संचारकर्मी गुरु विश्वकर्मा, स्थानिय युवा युवराज सुवेदी, छवु नारायण भण्डारी, मेघराज घर्ती, आनन्द राज महराले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सरिक सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे