लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, १२ औँ मन्त्रीका रुपमा माओबादीकी कृष्णा केसीद्धारा सपथ ग्रहण



लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, १२ औँ मन्त्रीका रुपमा माओबादीकी कृष्णा केसीद्धारा सपथ ग्रहण

भालुवाङ २१ जेष्ठ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छिन् । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो ।

मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूणर्ता दिएका हुन् । मुख्यमन्त्री महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा नियुक्त गरेका हुन्। उनको नियुक्ति सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राखेका थिए । नवनियुक्त मन्त्री केसीले आज सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छिन् ।

सपथ ग्रहणपछि मन्त्री केसीले आज साेमबार नै पदभार ग्रहण समेत गरेकी छिन् ।  पदभार ग्रहण गर्दै मन्त्री केसीले प्रदेश भरिका खेतीयोग्य जमिनलाई सिँचाई पुर्‍याएर उत्पादन बृद्धि तर्फ लाग्ने बताइन् । उनले सिचाई आफ्नो पहिलो प्रथामिकता रहेको समेत बताइन् ।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री सहित ५, माओवादीबाट मुख्यमन्त्री सहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १-१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।

यसैबीच मुख्यमन्त्री महराले प्रदेश सरकारको महान्याधिबक्ताका रुपमा तिर्थराज ज्ञवालीलाई नियुक्त गरेका छन् । यसैबीच महान्याधिबक्ता ज्ञवालीले समेत आज साेमबार नै देउखुरीको लुम्बिनी हलमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री जाेखबहादुर महराकाे बिशेष उपस्थितीमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नित्यानन्द पाण्डे समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । ज्ञवाली बाँके जिल्ला निवासी हुन् । उनी अधिबक्ताको रुपमा लामो समय देखि काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे