LISTEN LIVE RADIO

कोइलाबासमा नेकपाद्धारा श्रद्धाञ्जलीसभा, मृतकको नाममा पथको नामाकरण



कोइलाबासमा नेकपाद्धारा श्रद्धाञ्जलीसभा, मृतकको नाममा पथको नामाकरण

शिबराज पन्थी, गढवा १ पुस ।

देउखुरीको गढवा ८ कोइलाबासको दुर्गम बस्ति अन्तरखाल । खरका झुपडीहरु मात्र भएको यौटा सानो गाउँ । जहाँ पुग्ने बाटो थिएन । न त त्यहाँ बिजुलि बत्ति नै बल्थ्यो न खानेपानीको नै पहुँच थियो । गएको स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी तात्कालिन माओवादीबाट बिमला सुनार चुनावमा उठेर निर्वाचन जितिन् ।

उनकै कोशिस र वडा तथा गाउँपालिकाको पहलमा त्यो गाउँमा अहिले चिल्लागाडी पुग्ने भएका छन । सबैको घरमा बिजुली बत्ती झलमल्ल बलेको छ भने स्थानीय मुहानबाट घर घरमा पानीका धारा खसेका छन् । यो योगदानमा नेकपा का सकृय कार्यकर्ता तथा गढवा गाउँपालिका वडानं. ८ का वडा सदस्य स्वर्गिय बिमला सुनारको योगदान रहेको छ,, स्थानीय चन्द्र बिकले श्रद्धाञ्जली कार्यक्रममा उपस्थित नेता तथा जनप्रतिनिधिहरुलाई सुनाए । श्रद्धाञ्जलीसभामा उपस्थित सबे एकै छिन बिमला सुनारको योगदान प्रति मन्ञमुग्ध भए ।

 

प्रसंग गढवा ८ कोइलाबासबाट स्थानीय निर्वाचन जित्नुभएका एक दलित महिला वडा सदस्य बिमला सुनारको संझनामा नेकपाले आयोजना गरेको श्रद्धाञ्जलीसभाको हो । यही मंसीर २० का दिन बिमला सुनारको ४३ बर्षको अल्पआयुमा निधन भएको छ । उनको संझनामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय नेता, सांसद, स्थानीय सरकारका जनप्रतिनिधी तथा कार्यकर्ता सुनारको घरमा पुगेर श्रद्धाञ्जली ब्यक्त गर्दै शोकलाई शक्तिमा बदल्न परिवार र गाउँ समाजलाई आव्हान मात्र गर्नु भएन । बिमला सुनारले पार्टी र क्रान्तीका लागि पुर्याएको योगदानको संझनामा डाँडागाउँ देखि मुसिनाका जाने सडकको नामाकरण नै बिमला पथ भनेर बोर्ड गाडियाे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवा ८ कोइलाबासका इन्चार्ज जयबहादुर बुढाको अध्यक्षता एवम् केन्द्रीय सदस्य तथा दाङ जिल्लाका सहइन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेता आचार्यले नेपाली भूमीको अघोषित सुरक्षागार्डको रुपमा सिमा रक्षक नेपालीहरुको अब सुखका दिन आउदै गरेको भन्दै बिमला सुनारको योगदान र उनले देखाएको बाटो अबलम्बन गर्न सबैलाई आव्हान गर्नुभयो । नेपालमा सकारात्मक कुराहरु भन्दा नकारात्मक कोणका मात्र कुरा गर्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने भन्दै राम्रा कामहरुलाई सकारात्मक आँखाले हेर्न सिक्नुपर्ने उनले ।

कार्यक्रममा नेकपा का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुले राज्यले हरेक नागरिकलाई आधारभूत सुबिधा प्रदान गर्दै दिर्घकालिन बिकासका कार्यक्रमहरु ल्याइरहेको भन्दै कोइलाबासको बिकासका लागि बिमला सुनार जस्ता जनशक्ति उत्पादन हुन जरुरी भएको बताए । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्वर्गिय वडा सदस्य बिमला सुनारले पुर्याएको योगदानको कदर गर्दै उहाँका सपनाहरुलाई साकार पार्न गाउँपालिकाले ध्यान दिने बताए ।

सो अवसरमा नेकपा लुम्बिनी प्रदेशका सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, दाङ जिल्लाका पार्टी सचिव तुल्सीराम पुन सुवास, गढवाका पार्टी अध्यक्ष कालिराम चौधरी, इन्चार्ज यमनारायण पोखे्रल बिश्वाँस, वडाध्यक्ष सद्दाम सिद्दिकी, नागरिक समाज गढवाका सचिव जया बिशवकर्मा र पत्रकार शिबराज पन्थी लगायतले स्वर्गिय बिमला सुनारले दिएको योगदानको कदर गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका थिए । सो अबसरमा डाँडागाउँ देखि मुसीनाका जोड्ने सडकको प्रबेशद्धारमा बिमला पथ नामाकरण सहित बोर्ड लगाइएको थियो । कार्यक्रमको संचालन नेकपाका वडा कमिटी सचिव चन्द्र बिकले गरेका थिए । मृतक सुनारका पति तथा ३ छोरा र २ छोरीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे