LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले चैत ३० गते विश्वासको मत लिंदै



लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले चैत ३० गते विश्वासको मत लिंदै

भालुवाङ २७ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले चैत ३० गते शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनु भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरालाई गत चैत २३ गते शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए, भने चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष सपथ ग्रहण गरेका थिए । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे