LISTEN LIVE RADIO

दाङमा जवरजस्तीकरणीका मात्रै २ सय ४१ जना कैदीबन्दी, ६ जना विदेशीले पनि सजाय भोग्दै



दाङमा जवरजस्तीकरणीका मात्रै २ सय ४१ जना कैदीबन्दी, ६ जना विदेशीले पनि सजाय भोग्दै

घोराही २६ मंसिर । दाङका दुई कारागारमा अन्य मुद्धाको तुलनामा जबरजस्ती करणि मुद्धामा सजाय भोगिरहेका धेरै छन् । बढ्दो जबरजस्ती करणीका घटना सँगै सजायका लागि कारागार पुग्ने कैदिबन्दीको संख्या अन्य मुद्धाको तुलनामा निकै धेरै रहेको तथ्यांकले देखाएको छ । २०७५ साल भदौ १ गते देखी लागु भएको मूलुकी फौजदारी संहिता ऐनको कार्यान्वयन पछि जवरजस्तीकरणी र बहुविबाहका मुद्धामा सजाय समेत बढेको छ ।

घोराही कारागार र तुलसीपुर कारागारमा गरि जवरजस्तीकरणी मुद्धामा अहिले २ सय ४१ जना कैदीबन्दीले जेल जीवन बिताईरहेका छन् । त्यसपछि कर्तव्य ज्यानका २ सय २१ जना, लागु औषधका एक सय २१ जना, अपहरणका १४, बहुविबाहका ४ जना कारागारमा छन् । घोराही कारगारका जेलर विष्णुप्रसाद पाण्डेका अनुसार जवरजस्तीकरणी मुद्धामा ९२ जना, कर्तव्य ज्यानका ७२, लागु औषधका ४३, सवारी ज्यानका १४, चोरीका १३, डाँका चोरीका ४, जवरजस्ती करणी उद्योगका १२ र बहुविबाहका ३ जना कैदीबन्दी छन् ।

घोराही कारागारमा एक सय ५१ जना कैदी र एक सय २२ जना बन्दी रहेका पाण्डेको भनाई छ । त्यस्तै तुलसीपुर कारागारमा जवरजस्तीकरणीका एक सय ४९ जना, कर्तव्य ज्यानका एक सय ३९ जना, लागु औषध मुद्धाका ७८ जना, डाँका चोरीका ४, चोरीका ८, ज्यान मार्ने उद्योगका ६ जना र अपहरणमा मुद्धाका १४ जना कैदीबन्दी रहेको जेलर युवराज परियारले जानकारी दिए ।

६ जना बिदेशी पनि कारागारमा
दाङमा ६ जना विदेशी नागरिकले जेल जीवन विताईरहेका छन् । तुलसीपुर कारागारमा जवरजस्तीकरणी मुद्धामा ४ जना, लागु औषध र अपहरण मुद्धामा एक एक जनाले सजाय भोगिरहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा ३ जना बालबच्चा आश्रित रहेका छन् । तुलसीपुर कारागारमा २५ जना महिलाले सजाय काटिरहेका छन् । उनीहरु मध्य ३ जनाको बच्चा समेत आश्रितको रुपमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे