LISTEN LIVE RADIO

देशका सबै संरचनालाई बलियो बनाउन सञ्चार क्षेत्रले खबरदारी गरिरहेका छ : अध्यक्ष पोख्रेल



देशका सबै संरचनालाई बलियो बनाउन सञ्चार क्षेत्रले खबरदारी गरिरहेका छ : अध्यक्ष पोख्रेल

दाङ ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३१ औं स्थापना दिवस कार्यक्रम आज एक औपचारिक कार्यक्रम गरि मनाएको छ ।

पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले देशका सबै संरचनालाई बलियो बनाउन सञ्चार क्षेत्रले खबरदारी गरिरहेको बताए ।‘सरकार सरकार जस्तो छैन् । संसद संसद जस्तो छैन् । अदालत अदालत जस्तो छैन् । त्यही भएर यि सबै क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन मिडियाको भूमिका बलियो हुनुपर्छ’उनले भने,‘लोकतान्त्रीक पद्धतीलाई बलियो बनाउन हामीले सक्नुपर्छ । मिडियाले त्यसको अभ्यास गरिरहेको छ । अहिले प्राप्त भएको संघियताको अनुभुती मिडिया क्षेत्रले गर्न पाइरहेको छैन् । मिडिया क्षेत्रमा संघियता लागु गर्न जरुरी छ । यसका लागी हामिले आवाज उठाईरहेका उनले बताएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकार महासंघ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गाैतम, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्यहरू मधुसुदन वैद्य, अजयदिप शर्मा, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, अग्रज पत्रकार टिकाराम रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गाैतम, बसन्तविवश आचार्य, क्रियाशिल महिला पत्रकार लुम्बिनी प्रदेशकी अध्यक्ष लिला शाह, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चाैधरी, दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, पत्रकार महासंघका पुर्व अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे, समाजवादी प्रेस संगठन नेपाल दाङ शाखा अध्यक्ष सुर्य विसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव प्रसाद शर्मा, प्रेस चाैतारी नेपाल दाङका कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, एम्नेष्टी इन्टरनेशनलका प्रतिनिधि विपिन बुढाथोकी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार महासंघकी उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ दाङ शाखाका सहसचिव दशरथ घिमिरेले गरेका थिए ।

अग्रज पत्रकार खगराज लोहनीको स्मृतीमा दाङमा अक्षयकोष स्थापना
दाङका अग्रज पत्रकार खगराज लोहनीको स्मृतीमा क्रियाशिल महिला पत्रकारलाई पुरस्कार प्रदान गर्नेगरी उनका छोरीहरु माया लोहनी, देवकी श्रेष्ठ, निर्मला लोहनी र विमला लोहनीले तीन लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औंं स्थापना दिवसको अवसरमा सो अक्षयकोष स्थापना गरिएको हो । यो पत्रकार महासंघमा हालसम्म भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशीको पुरस्कार हो । साथै पत्रकार महिलालाई पुरस्कारदिनेगरी अक्षयकोष स्थापना भएको पनि यो पहिलो हो । बैंकमा जम्मा गरेको भौचर र सम्झौता पत्र हस्तान्तरण आदानप्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा पत्रकार प्रेमबहादुर राम्जालाई सवारी दुर्घटनामा परेको र उपचारखर्च वाफत दश हजार रुपैयाँ प्रदान गरिएको थियो । पत्रकार महासंघको बैठकमा सबैभन्दा धेरै उपस्थित हुने कार्यसमिति सदस्य कुलदिप न्यौपाने, उदय विसी, विवेक खड्का र महिला सदस्य यमकला भुषाललाई सम्मान गरिएको थियो । यसका साथै महासंघको स्थापनादिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगीता, रक्तदान लगायतको कार्यमा सहभागी तथा उत्कृष्ठ हुनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे