LISTEN LIVE RADIO

सरस्वती मावि गोवरडिहामा वित्तीय साक्षरता कार्यक्रम



सरस्वती मावि गोवरडिहामा वित्तीय साक्षरता कार्यक्रम

भालुवाङ २० मंसिर । लघुवित्त कर्मचारी मञ्च देउखुरी दाङले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चले बुधबार गढवा गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती माध्यमिक विद्यालय गोबहडियामा उक्त कार्यक्रम गरेको हो । लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा उपकार लघुवित्त वित्तीय संस्था मौरीघाटका शाखा प्रबन्धक दिपेस पुन मगरको अध्यक्षता एवम् विद्यालयका निमित्त प्रधानाध्यापक बामदेब ज्ञवालीको प्रमुख अतिथ्यता तथा अस्थायी प्रहरी चौकी गोवरडिहाका कार्यालय प्रमुख कमल प्रसाद बन्जाडेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लघुवित्त कर्मचारी मञ्चका सदस्य तथा किसान लघुवित्तका शाखा प्रमुख चेतराज जैसीले लघुवित्तको विकासक्रम, हाल नेपालमा लघुवित्तको अवस्था र यसले समाजमा पु¥याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।
साथै लघुवित्त कर्मचारी मञ्चका सचिब तथा उन्नती सहकार्य लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय सिसहनियाका शाखा प्रबन्धक सन्तोष पौडेलले बित्तिय साक्षरता अन्तर्गत वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कर्जा नतिर्दा हुने हानी र त्यस्ले पार्ने प्रभावबारे हिमालयन लघुबित्त काशाखा प्रमुख खेमानन्द तिवारीले जानकारी गराएका थिए । विद्यालयका करिब ८५ जना विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक बामदेव ज्ञवालीले यस कार्यक्रम मार्फत आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद ज्ञापन दिएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना निकै प्रभावकारी भएको तथा लघुवित्तको बारेमा लिएको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्दै परिवार र समाजलाई पनि जानकारी गराउनु होला भनी लघुवित्त कर्मचारी मञ्च दाङ देउखुरीका अध्यक्ष तथा उपकार लघुवित्त मौरीघाट शाखा प्रमुख दिपेस पुन मगरले बताएका थिए । कार्यक्रमको सहजीकरण मञ्चका सचिब तथा उन्नति सहकार्य लघुवित्तका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए । भने स्वागत मन्तव्य मञ्चकी सहसचिव तथा लक्ष्मी लघुवित्तकी शाखा प्रमुख शिला जिसीले दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे