LISTEN LIVE RADIO

दाङकाे देउखुरीमा बन्यो पहिलो साहित्यिक भवन, मंसिर १६ गते उद्घाटन गरिदैं



दाङकाे देउखुरीमा बन्यो पहिलो साहित्यिक भवन, मंसिर १६ गते उद्घाटन गरिदैं

देउखुरी १४ मंसिर । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवन लमहीमा बनेको छ। लमही नगर विकास समितिबाट प्राप्त गरेको १५ धुर जग्गामा एक तलाको भवन निर्माण पूरा भएको मञ्चका अध्यक्ष हरि पोखेलले जानकारी दिए ।

देउखुरीका स्थानीय सरकार र दाताको सहयोगमा भवन निर्माण भएको हो। भवन बनाउनका लागि मञ्चलाई लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले दुई लाख, राप्ती गाउँपालिकाले एक लाख ५० हजार र गढ़वा गाउँपालिकाले एक लाख २५ हजार सहयोग गरेका थिए। एक सय आठ दाताबाट उठेको झण्डै १० लाख समेतबाट भवन निर्माण गरिएको हो। झण्डै ६ महिनाको अबधिमा भवन निर्माण पूरा भएको संस्थाले जनाएको छ ।

२०६३ सालमा स्थापना भएको देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले साहित्य, संस्कृति, कलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले साहित्यका विषयवस्तु समेटेर प्रत्येक वर्ष वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको छ। मञ्चमा पाँच लाख बरावरको १५ प्रकारका विभिन्त विधाका अक्षयकोष स्थापना भएको छ। मञ्चमा एक सय ६४ आजीवन सदस्य रहेका छन् ।

दई दर्जन बढी कार्यक्रम तय गरी गराइएको वार्षिक कार्यतालिका अनुसार साहित्यिक कार्यक्रम गर्दै आएको छ। कृति समीक्षा, रचना वाचन, गीत संगीतका कार्यक्रम, साहित्यिक अन्तक्रिया, साहित्यिक वनभोज, पर्यटकीय साहित्यिक भ्रमणजस्ता कार्यक्रम गर्दै आएको छ ।

यसैबीच मञ्चले मंसिर १६ गते शनिबार एक कार्यक्रमका बीच उक्त नवनिर्मित भवनकाे उद्घघाटन गर्ने तयारी गरेकाे छ । विशिष्ट ब्यक्तित्वहरूकाे उपस्थितिमा साहित्यक कार्यक्रमका साथ नवनिर्मित भवनकाे उद्धघाटन गर्ने तयारी गरिएकाे संस्थाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे