LISTEN LIVE RADIO

सर्वहित सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न



सर्वहित सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ १७ कार्तिक । सर्वहित बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा शुक्रवार आफ्नै कार्यालय राप्ती गाउँपालिका ४ मौरीघाटमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष जागेन्द्र चौधरीको अध्यक्षता एवम् सहकारी दर्ता अधिकारीको कार्यालयका अधिकृत भिमराज पोख्रेलको प्रमुख आतिथ्यता तथा संस्थाका संस्थापक अध्यक्ष दयाराम चौधरीको विशिष्ट आतिथ्यतामा भएको सभामा सभामा बोल्दै प्रमुख अतिथि पोख्रेलले सहकारी संस्था समुदाय तथा सदस्यमुखी संस्था भएकोले यसले व्यवसायीक क्षेत्रमा काम गर्ने भएको हुँदा गैर सदस्यमुखी काम गर्न नहुने बताएका थिए । त्यस्तै उनले सहकारी संस्थाको मुल्य, मान्यता र सिद्धान्तको पालना गरेर काम गर्ने हो भने सहकारीमा कुनै समस्या नहुने र फलदाय हुने बताएका थिए ।

उनले सहकारीका सञ्चालक तथा शेयर सदस्यहरुले सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई एकातिर राखेर बैंक तथा कम्पनीको रुपमा बुझिदिदा सहकारी समस्या आउने गरेको बताए । उनले सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न शेयर सदस्य, सञ्चालक र कर्मचारीहरुले आ–आफ्नो भुमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । बार्षिक प्रगति प्रतिवेदन संस्थाकी उपाध्यक्ष निर्मला चौधरी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष खेमादेबी चौधरीले प्रस्तुत गरेकी थिइन् । सभामा मुख्य कार्यालय सहित शान्तिपुर र पत्थरगढवा सेवा केन्द्रका जेष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणी, असल बाल बचतकर्ता, सक्रिय सञ्चालक, सक्रिय कर्मचारी, अपाङग र एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी गरि १ दर्जन भन्दा बढीलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।लेखा सुपरिवेक्षक शरद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभा उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर आचार्य, ४ नम्बर वडा सदस्य विष्णु पोख्रेल, समाजसेवी तथा बुद्धिजिवी मेघराज न्यौपाने, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, लेखा सुपरिवेक्षक समितिका सदस्य भरतप्रसाद चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य सेवा केन्द्र शान्तिपुरकी प्रमुख गृष्मा पुनले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे