LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज



लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

भालुवाङ १ कार्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका अस्पताल विकास समिति खारेज गरेको छ ।​ बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेकाे हाे ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेका अनुसार सरकारले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने र खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिने निर्णय गरेको  जानकारी दिए ।

यस्तै, प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसका लागि कार्यविधि, २०८० स्वीकृत गरेको छ ।

आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरेको छ । चालीस वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला) रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ ।

जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट आएका सबै प्रस्तावहरू बैठकले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे