LISTEN LIVE RADIO

राप्ती गाउँपालिका स्तरीय सहिद, बेपत्ता ,घाइते र अपांग परिवारहरुकाे प्रथम भेला



राप्ती गाउँपालिका स्तरीय सहिद, बेपत्ता ,घाइते र अपांग परिवारहरुकाे प्रथम भेला

देउखुरी २३ भदौ । राप्ती गाउँपालिका स्तरीय सहिद, बेपत्ता ,घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। जसको सह – संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहेका छन् ।  त्यस्तै अन्य सदस्यहरुमा वीर बहादुर पुन, आसविर घर्ती , शान्ति राेका, नुमादेवि थापा, टुकमान विष्ट, कृष्ण घर्ती, गिरप्रसाद न्याैपाने, पदम नारायण चाैधरी, हुकुम बहादुर सन्यासी, सन्तुदेवि रावत, केमीसरा पुन र कृष्णबहादुर पुन रहेका छन् । भेला नेकपा माओवादी केन्द्र राप्ती गाउँकमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा बाेल्दै सचिव अधिकारीले सहिद, बेपत्ता, घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । सहिद, बेपत्ता, घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको हाे-सचिव अधिकारीले भने-“राजनैतिक परिवर्तनकै कारण देशको व्यवस्था परिवर्तन भए पनि जनताहरुकाे अवस्था परिवर्तन भएको छैन अब अवस्था परिवर्तन गर्न सबैकाे हातेमालो हुन आवश्यक छ ।” कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सचिव अधिकारीले केन्द्रमा माओवादी पार्टीको बहुमतकाे सरकार नहुुदा सहिद, बेपत्ता, घाइते र अपांगहरुका कतिपय मागहरु पूरा हुन नसकेको बताए  ।

भेलामा पार्टीका जिल्ला सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, रणप्रसाद सुवेदी, पार्टीका गाउँपालिका उपाध्यक्ष रण बहादुर पुजाली, थारु मुक्तिमोर्चाका गाउँकमिटी अध्यक्ष तथा २ नं. वडा अध्यक्ष पहलवान, चाैधरी लगायतका वक्ताहरुले देशको व्यवस्था परिवर्तन गर्न सहिद, बेपत्ता ,घाइते र अपांगहरुको याेगदानकाे चर्चा गर्दै पार्टीले त्यस्ता परिवारहरुको सम्मान गर्नुपर्ने कुरामा जाेड दिएका थिए । पालिका भरिका सहिद,बेपत्ता ,घाइते र अपांगहरुको परिवारका सदस्यहरु सहभागी रहेको भेलाको सहजीकरण गाउँ कमिटीका सचिव बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे