LISTEN LIVE RADIO

श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्व



श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्व

विशेष गरी महिलाहरु व्रत अर्थात उपवास बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको संझनामा पुजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगित गाउने गर्दछन् ।

                                                                                                                  सिर्जना थापा (सञ्चारकर्मी)

हातमा मुरली, शीरमा मयूरको प्वाँख, शीतल बगैँचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता बासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन् । परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी । हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका मानिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णले व्यक्त गरेका विचार र दर्शनलाई ‘श्रीमद्भगवद् गीता’का रूपमा लिइन्छ । यो हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने र ‘भगवान्’का रूपमा पुजिँदै आएका श्रीकृष्णको जन्म हिन्दु पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो ।

यसर्थ उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिँदै आएको छ । कृष्ण जन्माष्टमीलाई अनेक नामले बुझिन्छ । कसैले सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती पनि भन्ने गरेका छन् । कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन–कीर्तन गरिन्छ ।

हिन्दु महिलाहरू दिनभर ब्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ । आजकै दिनलाई हिन्दु धर्मालम्वी महिलाहरुको महान चार्ड हरितालिका तिज भन्दा पहिले आउने सानो तिजका रुपमा पनि मान्ने चलन रहेको छ । हातमा मुरली, शिरमा मयुरको प्वाँख, अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले शितल बगैँचामा विराजमान भई बासुरी बजाएरै जीवजन्तुहरु, गोपिनीहरु तथा सबैलाई मन्त्रमुग्ध पार्न सक्थे ।

ज्ञानयोग्य, कर्मयोग र भक्तयोगका प्रणेता भगवान् श्री कृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आठौँ सन्तानका रुपमा भएको मान्यता रहिआएको छ । जब जब संसारमा धर्मको हानी हुदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागी भगवान कृष्ण स्वयम यस धर्तिमा नयाँ अवतार लिइर आउने धर्मावलम्बीहरुको विश्वास हरेको छ ।

कृष्णभक्त तथा हिन्दु धर्मावलम्वीहरु आज विहानै स्नान गरी भगवान कृष्णको पुजा आरधना गरी उपवास बस्ने गर्छन् । भने भक्तजनहरु आज कृष्णको भजन कृतनहरु गाउँदै असत्य माथि सत्यको जितभएको वर्णन गर्ने गर्छन । कृष्ण भगवानको जन्म मध्यरातको १२ बजे भएको हुनाले नेपाली समुदायका हिन्दु धर्मावलम्बी महिलाहरु आजको दिनलाई सानो तिज तथा कृष्णको जन्मदिन विहान कृष्णको पुजा आरधना गरी उपवास बसी बिहानै देखि राती १२ बजे सम्म भजन कृतन गाउने नाच्ने गरी मध्यरातमा १२ बजे भगवान कृष्णको पुजा गरी मनाउने गर्छन् । यसो गर्नाले पुन्य प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा र कृष्णको प्रेमलाई सारा जगतले मान्दै आएको छ । तेसो त कृष्णको विवाह राधासंग नभए पनि उनिहरुबिचको घनिष्ठ प्रेम र त्यागले संसारलाई नै प्रेमको सहि अर्थ बुझाएको पाईन्छ ।

भने आज बाट हरितालिका तिज नजिकिएको र विवाह भएर आफ्नो घर गएका चेलीबेटीहरुलाई तिजको दर खुवाउने साथै तिजको लागी निम्तो दिन पनि थालिने गरिन्छ । यस दिन श्रीकृष्णको पूजा आराधाना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीहरूको मत छ । भनिन्छ– जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।

श्रीकृष्ण जन्माष्टमी मनाउने विभिन्न तरिका छन् । प्रायः बालक कृष्णको मूर्ति बनाएर उक्त मूर्तिको पूजा गर्ने चलन रहेको छ । उसो त प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गरिएको छ । यस दिन शंख वा शालिग्रामको पूजा पनि गरिन्छ ।

श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुहाइ गरेर ब्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पंचामृतले स्नान गराइदिन्छन् ।

अन्त्यमा प्रतिमालाई जलले स्नान गराएर पीताम्बर, फूल र प्रसाद चढाउँछन् । याद रहोस् कि श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।

कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।

“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।” एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।

जन्माष्टमीमा पातनको को मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौं लगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ÷संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीयजगतको प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो ।

मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंश, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरी मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भन्नु पनि भएको छ ।

भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । आजको दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिर तथा गीता मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

यस दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । अन्ततः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ ।

कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया–प्रेम दर्शाउन र उनीहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे