LISTEN LIVE RADIO

भालुवाङका सुरज गिरीको काभ्रेमा सवारी दुर्घटनामा परि मृत्यु



भालुवाङका सुरज गिरीको काभ्रेमा सवारी दुर्घटनामा परि मृत्यु

भालुवाङ ३१ साउन । दाङका एक युवकको काभ्रेमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

बुधबार दिउँसो ३:३० बजेतिर धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नं.को मिनीट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नं.को मोटरसाइकललाई धुलिखेल नगरपालिका-४ मिराबेल चोकमा ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नारायण गिरीका छोरा वर्ष २७ का सुरज गिरीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारले दिएको जानकारी अनुसार दुर्घटनामा सख्त घाइते भएका गिरीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र उपचारको क्रममा उनलाई चिकित्सकले ३:५५ बजेतिर मृत घोषणा गरेको थियो ।

मिनीट्रक चालक र सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक गिरी जागिरका शिलशिलामा धुलिखेलमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे