शिवखोला पुलबाट ट्रक खोलामा खस्यो, चालक र सहचालक घाइते



शिवखोला पुलबाट ट्रक खोलामा खस्यो, चालक र सहचालक घाइते

दाङ ३ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटनामा परेको छ । भैरहवाबाट रासायनिक मल लगेर बाँके बाँकेको नेपालगंजतर्फ जाँदै  गरेको लु १ ख ८६०९ नं को ट्रक शिवखोलाको पुलबाट खोलामा खसेको हो ।

पुलमा रहेको खाडल चल्ने क्रममा अनियन्त्रित भएर ट्रक खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रक खोलामा बिहान ४ः३० बजेको समयमा खसेको थियो । दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका छन् ।

घाइते चालक चौधरी ट्रकले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । उद्धार कार्यमा प्रहरी, नेपाली सेनालगायतका खटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे