LISTEN LIVE RADIO

संघीय व्यवस्था गलत छैन, शासन गर्नेहरु इमान्दार हुनुपर्छ : सभामुख तुलाराम घर्ती



संघीय व्यवस्था गलत छैन, शासन गर्नेहरु इमान्दार हुनुपर्छ : सभामुख तुलाराम घर्ती

बुटवल २ असार । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव दिएका छन्  । स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी बढी हुने उनको भनाइ छ ।

रिब्दीकोट गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्नुहुदै सभामुख घर्ती मगरले प्रदेश सभाले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए हल गर्न तत्पर रहेको बताए । “उनले कानुन तथा नीतिनिर्मातामा समस्या भए भन्नू पर्याे यो । कानुनको अभाव देखाएर जनताको न्यायोचित काम नगर्ने छुट कसैलाई छैन ।”

सभामुख घर्ती मगरले जनप्रतिनिधिहरुलाइ कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका एेन कानुनको जटिलताको हल गर्न प्रदेशसभा सधै तत्पर रहेको पनि बताए । उनले स्थानीय तह र प्रदेश सभालाइ कार्यक्रम मार्फत जोडने प्रयास सुरु गरिएको जानकारी समेत दिए । लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्येक रुपमा जोडिने उनले बताए ।

पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण जी. सी. समाजसेबी गोपाल पोखरेल ,उपाध्यक्ष कान्ता अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे