LISTEN LIVE RADIO

दुई बर्ष भित्र लुम्बिनी प्रदेशका दुई लाख नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य छ : अर्थमन्त्री मास्के



दुई बर्ष भित्र लुम्बिनी प्रदेशका दुई लाख नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य छ : अर्थमन्त्री मास्के

भालुवाङ २५ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्केले अबको दुई बर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरूलाई स्वरोजगार बनाउने बताएका छन् । समृद्ध नेपालका लागि स्वच्छ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सात दिने सिपमूलक उद्यमशिल तालिम समापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भरखरै संसदबाट पारित भएको नीति तथा कार्यक्रम एवम् बजेटमा नै दुई बर्ष भित्र दुई लाख युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएको बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका मन्त्री मास्केले प्रदेशका १२ वटै जिल्लाका उद्यमशिल बन्न चाहने युवायुवतीहरुलाई स्वरोजगार बनाउने गरी आवश्यक बजेटको व्यवस्था समेत गरेको बताए । मन्त्री मास्केले स्वरोजगार कै माध्यमबाट समृद्ध लुम्बिनी र आत्मानिर्भर प्रदेश बनाउन खोजे समेत ठोकुवा गरे ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आगामी आर्थिकको निति तथा कार्यक्रममा शिपमूलक शिक्षा र उद्यमशिलताको विकास भन्ने मूल नाराका साथ अगामी आर्थिक बर्षमा दुई जना र बाँकी चार बर्षे कार्यकालमा एक हजार युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य रहेको बताए । उनले उद्यमशिल गर्न योजना आएको खण्डमा बैंकबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउने गरी ग्लोबल आईएमी बैंक भालुवाङ शाखा संग सम्झौता भएको समेत बताए ।

यता ग्लोबल आईएमी बैंक भालुवाङ शाखाले उद्यमशिल गर्न चाहने जो कोही युवाहरु योजना बनाएर आएको खण्डमा बिनो धितो सहुलियत दरमा कर्जा उपलब्ध गराउने बताएको छ । उद्यमशिल गर्न चाहने व्यक्तिले व्यवसायिक परियोजना बनाएर आएको खण्डमा परियोजना नै धितो राखेर एकदमै सस्तो ब्याजदरमा बढीमा ६५ लाख सम्म लगानी गर्न तयार रहेको बताएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । तालिममा लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो चरणमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई तालिम प्रदान गरिएको छ । तालिममा बहिराहरुका लागि सांकेतिक भाषा सिकाउन दोभासेको समेत व्यवस्था मिलाइएको छ । तालिमको प्रशिक्षकमा मनोज खड्का र लक्ष्मण रेग्मी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे