LISTEN LIVE RADIO

देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणी गौतम निलम्बित



देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणी गौतम निलम्बित

लमही ११ जेठ । देउखुरी बहुमुखी क्याम्पस लमहीका उपप्राध्यापक शेषमणी गौतम पदबाट निलम्बित भएका छन् । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका गौतमलाई क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिएका छन्।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुख समेत रहेका गौतमलाई उनी पक्राउ परेको दिन देखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए ।

लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए । जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो । गौतम क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे