LISTEN LIVE RADIO

राप्तीमा बजार अनुगमन जारी : ४ दिनको अवधीमा २ लाख ७७ हजार राजश्व संकलन



भालुवाङ ४ जेठ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करको दायरामा ल्याउन बजार अनुगमनलाई तीब्र बनाएको हो । गाउँपालिकाले जेठ १ गते देखि सुरु गरेको बजार अनुगमनको बिहिवार चौथो दिन भालुवाङ पुल्चोक बजार अनुगमन गरिएको छ ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन भइरहेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।

चौथो दिन कुल ५० वटा पसलको अनुगमन गर्दा केहि पसलबाट म्याद नाघेको सामान र १ वटा औषधी पसलबाट ६ हजार बराबरको विभिन्न नामका म्याद नाघेका औषधी बरामद गरेको शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट चौथो दिन मात्र १ लाख ८ हजार ५ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् । चार दिनको अवधीमा राप्ती गाउँपालिकाले नयाँ पसल दर्ता र नवीकरणबाट कुल २ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको राजश्व इकाईकी कर्मचारी बस्नेतले जानकारी दिएकी छिन् ।

अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, भुमि शाखाका नारायण न्यौपाने, इलाका प्रहरी कार्यालय भालुवाङका हवल्दार दानबहादुर महतरा, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे