LISTEN LIVE RADIO

प्रेस चौतारी दाङको साधारणसभा वैशाख १८ गते घोराहीमा हुने



दाङ ४ चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले साधारणसभा बैशाख १८ गते घोराहीमा गर्ने भएको छ ।

चौतारी दाङको शनिवार तुलसीपुरमा बसेको बैठकले साधरणसभा सँगै बनभोज कार्यक्रम गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले बताए । उनका अनुसार साधारणसभामा चौतारीका जेष्ठ सदस्य तथा अगुवालाई सम्मान सँगै पुरस्कार समेत वितरण गरिने भएको छ । साधारणसभामा वितरण गरिने पुरस्कार छनौट गर्न चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, सुधा सुमन ढकाल र जे एन. सागरलाई जिम्मा दिएको छ । बैठकले चौतारीको सदस्यता नविकरण, नयाँ सदस्यता आवेदन आह्रवन गर्ने निर्णय गरेको छ ।

बैठकले घोराही र लमहीमा चैत ७ भित्र चौतारीको भेला र प्रशिक्षण गर्ने निर्णय गरेको छ । चौतारीले यस अघि जिल्लाका ८ पालिकामा भेला तथा प्रशिक्षण गरिसकेको छ । बैठकले साधरणसभामा प्रस्तुत गरिने सांगठिनक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयार पार्न सचिव गौतम र कोषाध्यक्ष गोकर्ण पौडेललाई जिम्मा दिएको छ । बैठकमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले चौतारीले गरेका कार्यलाई प्रभावकारी बनाउन निर्देशन गरे । ‘ पार्टीका कामलाई संचारसँग जोडने मुख्य काम पत्रकारको हो’ ‘ यसमा यहाँहरुले रचानात्मक भूमिका निभाउदै आउनु भएको छ ।

त्यसलाई थप प्रभावकारी बनाउने काम गर्नुस ’ उनले भने । बैठकमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले संगठनको कामलाई व्यवस्थित बनाउन सुझाव दिए । सचिव बुढाथोकीले पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियान जिल्लाका केही वडाबाहेक अधिकास वडामा भैसकेको वताए । ‘वडासम्ममा अभियान भैसकेको छ । यसले पार्टीलाई थप ऊर्जा दिएको छ’ सचिव बुढाथोकीले भने ‘ अभियानमा भएका गतिविधिहरु सञ्चारसँग जोडने भूमिका तपाईहरुको हो ।’ चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारी दाङका इन्चार्ज गणेश आचार्य, चौतारी सल्लाहकार जे.एन सागर र अन्य सहभागिले सुझाव सहितिको विचार राखेका थिए । चौतारी दाङका उपाध्यक्ष राम्जाको स्वागत मनतव्यवाट सुरु भएको बैठकको सहजीकरण सचिव गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे