LISTEN LIVE RADIO

गढवामा बाल विवाह न्यूनीकरण गर्न सरोकारवालासँग कार्यशाला



गढवा ३ चैत । मुक्त कमलरी बिकास मञ्च दाङ, स्वान नेपाल र दक्षिण देउखुरी अधिकार मञ्चको संयुक्त आयोजनामा बालबिवाहको वर्तमान अवस्था र त्यसका कानूनी प्राबधानका बारेमा बिहिवार देउखुरीको गढवामा सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

कृयाशिल संघसंस्थाका प्रमुख र प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय तथा जनप्रतिनिधी सहितको उपस्थितिमा कार्यक्रम गरिएको मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए । बिश्व स्तरमा ६७ करोड ५० लाख जनसंख्याले कानूनले तोकेको उमेर पुरा नहुदै बालबिवाह गर्ने गरेको र त्यसमा नेपाल दशौं नम्बरमा पर्ने कार्यक्रममा औल्याईएको थियो । दाङ जिल्लामा १५ प्रतिशतले १५ देखि १९ बर्षको उमेरमा बिवाह गर्ने गरेको र १० देखी १४ उमेर समूहका १० प्रतिशत वालविवाह हुने गरेको सो अवसरमा जानकारी गराईएको थियो । बाल बिवाह अशिक्षा, कुरीती र कुसंस्कार भएकोले यसलाई अन्त्य गर्न समाजिक अभियन्ता, सुरक्षा निकाय, स्थानीय सरकार र संघसंस्थाहरु एकाकार भएर लाग्नुपर्ने कुरामा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।

बालविबाह न्यूनिकरण र अन्त्यका लागि मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका कैयन स्थानीय पालिकाहरुमा अभियानका रुपमा सचेतना कार्यक्र्रमहरु गर्दै आएको मञ्चका कार्यक्रम संयोजक थापाले जानकारी दिए । कार्यक्रममा वालविवाह हुनुका कारणहरु,नेपाल सरकारले तय गरेका कानूनी प्रबधानहरु तथा न्यूनिकरणका उपायहरुका बारेमा अबगत गराईएको थियो । गढवा गाउँपालिका क्षेत्रमा हुने गरेका बाल विबाहलाई न्यूनिकरण र रोकथाम गर्न बिवाह पुर्व स्थानीय सरकार मार्फत सिफारिस पद्धति लागु गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले निश्कर्ष निकालेका छन् ।

कार्यक्रमबाट बाल विवाह बहिष्कार गर्ने, जानकारी पाउँदा साथ स्थानीय सरकार र प्रहरीमा जानकारी गराउने, गाउँ समाजमा कसैले पनि सिफारीस नगर्ने र वालविवाह न्यूनीकरणका सचेतना मुलक कार्यक्रमहरुमा समेल हुने र सामाजिक सन्देश प्रवाह गर्ने तथा स्थानीय सरकारलाई बालविवाह अन्त्यको रणनितिक योजना पारित गरि कार्यान्वयन गर्न मागपत्र पेश गर्ने लगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको कार्यक्रम आयोजकले जनाएको छ । कार्यक्रमको सहजिकरण प्रशिक्षक देवि प्याकुरेलले गरेका थिए भने सञ्चालन ज्ञानु थापाले गर्नुभएको थियो । मुक्त कमलरी बिकास मञ्च दाङले जिल्लाका बिभिन्न पालिकाहरु सं्रगै गढवाका ५ र ७ नम्बर वडाहरुमा बस्ती स्तरमा समेत पुगेर बालविवाह न्यूनीकरणका सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक थापाले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे