LISTEN LIVE RADIO

पश्चिम दाङमा आफ्नै घरमा जलेको अवस्थामा एक महिला मृत फेला



तुलसीपुर ३ चैत । पश्चिम दाङमा आफ्नै घरमा जलेको अवस्थामा एक महिला मृत फेला परेकी छिन् ।

पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी ४० वर्षीया पार्वती घर्ती आफ्नै घरमा जलेको अवस्थामा शुक्रबार बिहान ८ बजे मृत फेला परेको प्रहरीले बताएको छ । घरमा एक्लै बस्दै आएकी घर्ती आज बिहान अबेरसम्म नउठेपछि छिमेकी र घर्तीका साईलो बुवा बालाराम घर्तिले उक्त घरको झ्यालबाट हेर्दा बिस्तरामा जलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पाउँना साथ अस्थाई प्रहरी पोष्ट बालापुरका प्रहरी निरिक्षक दिनेश बुढाको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । घर्तीसंगै घरमा भएका लत्ता कपडा र खाट पनि जलेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । मृतक घर्तीको श्रीमान नभएको र ३ जना छोराहरु कामको शिलशिलामा काठमाण्डौ रहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे