LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाले पुस २८ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै



राप्ती गाउँपालिकाले पुस २८ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै

भालुवाङ २४ पुस । दाङको राप्ती गाउँपालिकाले पुस २८ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।

पालिकाकाे सभाहल मसुरियामा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् । विकका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक तथा अर्धवार्षिक अवधीमा भैरहेको सेवा प्रवाह र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

साे कार्यक्रममा गाउँपालिका क्षेत्र भित्रका क्रियाशिल राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, क्याम्पस तथा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख,टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरु ,पत्रकारहरु लगायत आम राप्ती गाउँपालिकाबासी नागरिकलाई उपस्थित हुन आह्वान गरिएको छ । कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुने सूचना अधिकारी विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे