LISTEN LIVE RADIO

आज कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती, प्रदेशकाे राजधानी देउखुरीमा मनाइदै



भालुवाङ १५ पुस । आज कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्म जयन्ती मनाइदै छ । कवि पौड्यालको जन्म जयन्तीकाे अवसरमा आज लुम्बिनी वाङमय प्रतिष्ठानकाे आयाेजनामा प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएकाे हो ।

जस अन्तर्गत आज अपरान्ह २ बजे कबिता बाचन, सन्ध्याफेरि तथा दीप प्रज्वलन गरी  कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्म जयन्ती मनाउन लागेकाे प्रतिष्ठानका अध्यक्ष निमबहादुर थापाले जानकारी दिए ।

दिउँसाे २ बजे प्रदेश संसद भवन अगाडिबाट काव्य यात्रा शुरु गरी राप्ती गाउँ पालिकाको प्राङ्गणमा प्रवेश गरेर  काव्य गोष्ठी गरेर मनाउन लागेकाे कार्यक्रम कार्यक्रम संयोजक जीबराज शर्माले जानकारी दिए ।

कार्यक्रममा प्रदेश अध्यक्ष रिषि आजाद, सल्लाहकारहरु र प्रदेश स्तरिय सबै अग्रज साहित्यकारहरुलाई आउन लागेकाे समेत कार्यक्रम कार्यक्रम संयोजक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे