LISTEN LIVE RADIO

तुलसीपुर महोत्सव आजदेखि शुरू हुँदै, माेहत्सवकाे उद्घाटन काँग्रेसका केन्द्रिय सदस्य गिरीले गर्ने



तुलसीपुर महोत्सव आजदेखि शुरू हुँदै, माेहत्सवकाे उद्घाटन काँग्रेसका केन्द्रिय सदस्य गिरीले गर्ने

तुलसीपुर १५ मंसिर ।  तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सव २०७९ आजदेखि शुरू हुँदै छ । महाेत्सवकाे सम्पूर्ण तयारी पुरा भए संगै महाेत्सवकाे आज एक कार्यक्रमका बीच उद्घाटन गरिदै छ ।

आज बिहान १० बजे कालिका मन्दिरबाट प्रभात फेरिको आयोजना गरेर साढे ११ बजे मेला स्थलमा प्रवेश गरेर महोत्सवको उद्घाटन गरिने छ । तुलसीपुर उद्याेगवाणिज्य संघ र तुलसीपुर चेम्बर अफ कमर्सले मेलाकाे विराेध गरिरहँदा क्लबले भने मेला लगाएर छाेड्ने बताएकाे छ ।

मेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले गर्ने कार्यक्रम रहेको यूथ्स अफ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

२ करोडको कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाबाट संकलित रकमबाट आधुनिक पुस्तकालय निर्माण गरिने अध्यक्ष लहरेले बताए ।

 ४ सय मध्य २ सय वटा स्टल बुकिङ भइसकेको बताउँदै अध्यक्ष लहरेले स्थानीय उत्पादन, कृषि, हस्तकला, विभिन्न जनजातिको खानाको परिकारलाई प्राथामिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे