LISTEN LIVE RADIO

प्रदेशको हिउँदे अधिवेसनको तयारी गर्न दाङमा मन्त्रीकै उपस्थितीमा सुरक्षाको गोप्य भेला



प्रदेशको हिउँदे अधिवेसनको तयारी गर्न दाङमा मन्त्रीकै उपस्थितीमा सुरक्षाको गोप्य भेला

दाङ २४ कार्तिक ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन चल्ने तयारी सुरु भएपछि दाङमा सुरक्षा समितिको गोप्य बैठक बसेको छ । घोराहीको भिंग्रेली भिलेजमा मन्त्रीकै उपस्थितिमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षाको गोप्य बैठक बसेको हो । प्रदेश सभाको हिउँदे अधिवेशनको तयारी भित्र भित्रै सुरु भएपछि सुरक्षा संयन्त्रको गोप्य बैठक दाङमै गरिएको छ ।

लुम्बिनी प्रदेशको आन्तरिक मन्त्रालयको आयोजनामा सुरक्षाको गोप्य बैठक भएको र त्यसले आबश्यक रणनीति तय गर्नेछ । आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसी सोनामको उपस्थितिमा भएको बैठकमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिब रबिलाल पन्त, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुक, दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जनपथ र सशस्त्र सहित जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रजिअ आचार्यले जिल्ला, प्रदेश र प्रदेश राजधानीको सुरक्षा अबस्थाका बारेमा जानकारी गराउने काम भएको र प्रहरीलाई स्रोतसाधन सम्पन्न कसरी बनाउन सकिन्छ भन्ने बारे छलफल भएको बताएका छन् । उनले प्रहरीको काम कारबाही, सुरक्षा अबस्थाका बारेमा आन्तरिक मन्त्रीलाई जानकारी गराइएको र छलफलमा मन्त्री केसीले सुरक्षा मजबुत बनाउन मातहतका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको बताए । मन्त्री केसीले प्रहरीलाई स्रोत साधन युक्त बनाउने र त्यसका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रीको भनाइलाई उद्रित गर्दै प्रजिअ आचार्यले बताए ।

प्रदेश सभाको हिउँदे अधिबेशनको तयारी स्वरुप सुरक्षा संयन्त्रको बैठक दाङमा बोलाइएको हो भन्ने जिज्ञासामा प्रजिअ आचार्यले सो बारे खुलाउन नचाहे पनि प्रदेश राजधानी र प्रदेश सभाको हिउँदे अधिबेसनको तयारीलाई सुरक्षा गर्ने कुरा स्वाभाबिक हुने बताए ।

गोप्य भनिएको बैठकमा सुरक्षा चुनौतीका बारेमा छलफल गर्नुका साथै बिप्लब समुहबाट सम्भाबीत सुरक्षा चुनौती र अन्य आपराधिक गतिबिधि नियन्त्रणका बारेमा पनि जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले मन्त्रीलाई जानकारी गराएका थिए । स्रोतसाधन नहुँदा प्रहरीलाई काम गर्न समस्या भएको प्रहरीका सुरक्षा अधिकारीहरुले त्यो बारेमा सम्बोधन गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे