LISTEN LIVE RADIO

देउखुरीको गढवामा बसले किच्दा विद्यार्थीको मृत्यु



देउखुरीको गढवामा बसले किच्दा विद्यार्थीको मृत्यु

गढवा १३ साउन । देउखुरीको गढवामा आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

शुक्रबार बेलुका पौने पाँच बजेको समयमा सो घटना भएको थियो । थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । उपचारका लागि लमही अस्पताल लगिएको र अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे