LISTEN LIVE RADIO

एसईई परिक्षामा आदर्श नमुना मावि लालमटिया र पब्लिक एजुकेसन देउखुरीमै उत्कृष्ट



एसईई परिक्षामा आदर्श नमुना मावि लालमटिया र पब्लिक एजुकेसन देउखुरीमै उत्कृष्ट

लालमटिया १३ साउन । एसईई परिक्षामा दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना मावि र पब्लिक एजुकेसन एकेडेमी देउखुरीमै उत्कृष्ट भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरद्वारा प्रकाशित माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७८ को नतिजामा आदर्श नमुना मावि लालमटियाका निरज केसी ३.८ जिपिए प्राप्त गरि दाङको देउखुरी क्षेत्रमै सामुदायिक विद्यालय क्षेत्रबाट उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले जानकारी दिएका छन् । त्यस्तै सोही विद्यालयका सागर खनाल ३.७५ जिपिए ल्याएका छन् ।

यस्तै पब्लिक एजुकेसन एकेडेमीका छात्र ऋषिकेश चौधरीले ३.८० जिपिए प्राप्त गरी दाङको देउखुरी क्षेत्रमै उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन। सानै देखि मेधावी छात्र चौधरीले विद्यालयको कुशल व्यवस्थापन, विद्यार्थीको अथक मिहिनेत, शिक्षकको मार्गदर्शन र अभिभावकको उत्प्रेरणाले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले बताए ।  विगत पाँच वर्ष देखि सो विद्यालयले आधारभूत र माध्यमिक तह उत्तीर्ण परीक्षामा दाङ जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे