LISTEN LIVE RADIO

एसईई परिक्षामा लालमटियाको पब्लिक एजुकेसन एकेडेमी देउखुरीमै उत्कृष्ट



एसईई परिक्षामा लालमटियाको पब्लिक एजुकेसन एकेडेमी देउखुरीमै उत्कृष्ट

लालमटिया १३ साउन । एसईई परिक्षामा दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेसन एकेडेमी देउखुरीमै उत्कृष्ट भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरद्वारा प्रकाशित माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७८ को नतिजामा सो विद्यालयका छात्र ऋषिकेश चौधरीले ३.८० जिपिए प्राप्त गरी दाङको देउखुरी क्षेत्रमै उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन।

सानै देखि मेधावी छात्र चौधरीले विद्यालयको कुशल व्यवस्थापन, विद्यार्थीको अथक मिहिनेत, शिक्षकको मार्गदर्शन र अभिभावकको उत्प्रेरणाले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले बताए । विगत पाँच वर्ष देखि सो विद्यालयले आधारभूत र माध्यमिक तह उत्तीर्ण परीक्षामा दाङ जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे