LISTEN LIVE RADIO

सिभिल बैंक लालमटिया शाखाद्वारा जनता मावि कालाकाटेलाई पानी फिल्टर प्रदान



सिभिल बैंक लालमटिया शाखाद्वारा जनता मावि कालाकाटेलाई पानी फिल्टर प्रदान

भालुवाङ ११ साउन । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको सिभिल बैंक लिमिटेड लालमटिया शाखाले जनता मावि कालाकाटेलाई बुधबार एक कार्यक्रमको आयोजना गरि पानी फिल्टर प्रदान गरेको छ।

ब‌ैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सो स्कूललाई पानी फिल्टर हस्तातरण गरेको बैंकका शाखा प्रवन्धक मेघराज पौडेलले जानकारी दिएका छन् । उनले आगामी दिनहरुमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै अगाडी बढने बताए ।

साथै शाखा प्रवन्धक पाैडेलले स्वास्थ स्वच्छ पानी हाम्रो शरिरका लागि अति आवश्यक भएकोले स्कूललाई पानी फिल्टर आवश्यक देखेर सहयोग गरेको समेत बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासेले विद्यालयलाई पानी फिल्टर सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि थप सहयोगको लागि आग्रह गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक भानु जिएमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे