LISTEN LIVE RADIO

देउखुरीको ऐरावती क्याम्पस लालमटियामा पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत



देउखुरीको ऐरावती क्याम्पस लालमटियामा पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत

भालुवाङ १६ बैशाख । देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा अवस्थित ऐरावती आदर्श बहुमुखी क्याम्पस बिबिएस, बिएड दोस्रो, तेस्रो र चौथो बर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष क्याम्पसमा नयाँ भर्ना हुने विद्यार्थी र चौथो बर्ष पुरा गरेर क्याम्पस छोड्ने विद्यार्थीहरुलाई यसरी नै औपचारिक कार्यक्रमको आयोजना गरेर स्वागत तथा बिदाई गर्दै आएको छ ।

विद्यार्थी बिनोद बेल्बासेको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख प्रमुख आतिथ्यमा भएको स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले क्याम्पसलाई उत्कृष्ट बनाउने हात विद्यार्थीको पनि हुने भएकोले विद्यार्थीहरुले एकदमै जिम्मेवार र अनुशासित भएर पढ्न र देश तथा विदेशमा क्याम्पसको नाम फैलाउन आग्रह गरेका थिए ।

बिएड दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी बिरेन्द्र गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शुरु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका संस्थापक कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार दोणर् भुसाल, क्याम्पस सञ्चालक समितीका सदस्य कमला बेल्बासे, क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, क्याम्पसका व्यवस्थापक संकायक संयोजक रामकृष्ण पौडेल, स्ववियु सभापति धुब्र बेल्बासे, नबआगन्तु विद्यार्थीहरु सामना पुनमगर र भूमिका शर्माले लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नब आगन्तु विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी जिसी र क्याम्पस प्रमुख भुसालले टिका र खाँदा लगाएर स्वागत गरेका थिए । सो अवसरमा विद्यार्थीहरु विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

क्याम्पसमा यो शैक्षिक सत्रमा विभिन्न जिल्लाबाट गरी २५० नयाँ बिद्यार्थी भर्ना क्याम्पस प्रशासनले जनाएको छ । स्वागत कार्यक्रमको सञ्चालन विद्यार्थीहरु दिपा राइमाझी र टिकाराम राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे