LISTEN LIVE RADIO

दाङमा आज पहिलो दिनको एसइई परीक्षा शान्तपूर्वक सम्पन्न



दाङमा आज पहिलो दिनको एसइई परीक्षा शान्तपूर्वक सम्पन्न

दाङ ९ वैशाख । दाङमा आज पहिलो दिनको एसइई परीक्षा सान्तपूर्वक रुपमा सम्पन्न भएको छ । यस वर्ष जिल्लाबाट १३ हजार १ सय ५२ परिक्षार्थी परीक्षामा सहभागी हुने भनिए पनि नियमित तर्फबाट दुई सय २८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

जसमा छात्रा एक सय १५ र छात्र एक सय १३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिए । यसैगरी ग्रेड वृद्धितफ २५ जना छात्रा र १६ जना छात्र गरेर ४१ जना विद्यार्थी अनुपस्थित भएको उनको भनाई रहेको छ । कोरोना संक्रमणका कारण दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यसवर्ष भने भौतिक रुपमै आजबाट सुरु भएको हो ।

यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिएका छन् । एसईई परीक्षाका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे