LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रकाे मुख्य सचिव ज्ञवाली सहितको टोलीद्वारा स्थलगत अनुगमन



लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रकाे मुख्य सचिव ज्ञवाली सहितको टोलीद्वारा स्थलगत अनुगमन

ओमप्रकाश गुप्ता , भालुवाङ ६ कार्तिक । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको मुख्य सचिव तोयनारायण ज्ञवाली सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । राजधानीका लागि तत्काल अावश्यक रहेको भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि र अावश्यक भाैतिक पुर्वधार निमार्ण सहित गुरूयोजना निर्माण गर्न अनुगमन गरिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीले जानकारी दिएकी छिन् ।

अनुगमनका क्रममा टोलीले भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको भवन अवलोकन गरेको छ । त्यस ठाउँमा कार्यालय स्थापनाका गर्न उचित रहेको बताइएको छ । त्यसै गरि अनुगमन टोलीले राप्ती गाउँपालिकाको वडा नम्बर ३ र ७ को राप्ती नदी बगर क्षेत्रको जग्गा र गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका राप्ती नदी बगर क्षेत्रका धोद्रे, टहडा, मलमला, वनघुस्री, बडहरा, पतरिङ्गा, जेठानगाउँ लगायत क्षेत्रको ऐलानी जग्गा, खुल्ला क्षेत्र, नदी उकास जमिनको अवलोकन गरेको छ ।

त्यसै गरि अनुगमन टोलीले गढवाको विश्व विद्यालयको जग्गा, कुलपानीमा रहेको सडक सँग जोडेको ५० विगाह जग्गा, हुलाकी राजमार्ग सँग जोडिएको वारीपारि जोड्ने झुलुङ्गे पुल समेतको निर्माण भएको तथा सवैलाई पायक पर्ने खुल्ला चाैरको अनुगमन गरेको छ ।

अनुगमनमा लुम्बिनी प्रदेशका मुख्य सचिव तोयनारायण ज्ञवाली, अर्थ सचिव बाबुराम अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी, जयनारायण अाचार्य, दाङका एसपी गणेश चन्द, मालपोत कार्यालय लमहीका प्रमुख रमेश बुढाथोकी, नापी कार्यालय लमहीका प्रमुख कृष्ण अधिकारी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चाैधरी, वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्ट, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे