LISTEN LIVE RADIO

प्युठानकाे गोलबाङमा बस दुर्घटना एकको मृत्यु, ३ जना घाईते



प्युठानकाे गोलबाङमा बस दुर्घटना एकको मृत्यु, ३ जना घाईते

भालुवाङ ४ कार्तिक ।

प्युठानकाे तिराम–मुर्कुटी सडकअन्तर्गत गोलबाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन।

माण्डवी गाउँपालिका २ तिरामबाट दाङको घोराही तर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नं को बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन।

त्यस्तै, प्युठानको माण्डवी – १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ की लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् । उनीहरुको अबस्था गंभीर छ। घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे